इजिप्टका राष्ट्रपति मुर्सीले आफ्नो अधिकार बढाएपछि बिपक्षीहरुद्धारा राजधानी कायरोको ताहारिर स्क्याएरमा ब्यापक प्रदर्शन
मंसिर १३ गते, २०६९ मा प्रकाशित
इजिप्टका राष्ट्रपति मोहमद मुर्सीले आफ्नो अधिकार बढाएपछि आन्दोलित बनेका बिपक्षीहरुले राजधानी कायरोको ताहारिर स्क्याएरमा ब्यापक प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा इजिप्टमा रहेको अमेरिकी राजदूतावासको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा कयौं घाइते हुनुका साथै कयौं प्रदर्शनकारी पक्राउ परेका छन् । राष्ट्रपति स्वेच्छाचारी बन्दै एकाधिकार लाद्न खोजेको आरोप लगाउँदै आएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले हालै जारी गरेको अध्यादेश फिर्ता नलिएसम्म प्रदर्शन यथावत रहने स्पष्ट पारेको छ ।
यता राष्ट्रपति मुर्सीले भने आफूले जारी गरेको अध्यादेश अस्थायी मात्रै भएकोले यसलाई ठूलो बिषय नबाउन बिपक्षी दलहरुलाई आग्रह गरेका छन् ।
उनले हालै जारी गरेको अध्यादेशमा आप्mनो क्षेत्राधिकार बढाउँदै राष्ट्रपतिको निर्णयलाई लिएर अदालत वा अन्य कुनैपनि निकायमा प्रश्न उठाउन नपाईने व्यवस्था गरेका थिए । उनको यो अध्यादेशले ईजिप्टमा नयाँ संविधान लेखन प्रक्रियालाई समेत प्रभावित पार्ने बताईएको छ ।