ईजिप्टमा राष्ट्रपति मोहमद मुर्सी बिरुद्धको आन्दोलनका क्रममा तहरीर स्क्वायरमा भेला भएका प्रदर्शनकारीहरुले थुपै्र सरकारी कार्यालयहरुमा आगजनी गर्नुका साथै कयौं सवारी साधनमा तोडफोड गरेका छन् ।
स्थिति नियन्त्रणका क्रममा प्रदर्शनकारी र प्रहरीबीच ब्यापक झडप भएको छ । सुरक्षाकर्मीको अश्रुप्रहारबाट कयौं प्रदर्शनकारीहरु घाइते भएका छन् ।
प्रदर्शनकारीहरुले पनि सुरक्षाकर्मीहरुमाथि ढुंगामुढा गरेका छन् । प्रदर्शनमा उत्रेकाहरुले राष्ट्रपति मुर्सीको शैली होस्नी मुबारककै जस्तो भन्दै मुर्सी बिरुद्ध नारा लगाएका छन् ।
राष्ट्रपतिले हालै जारी गरेको अध्यादेशका बिरुद्धमा बिगत केही दिनदेखि इजिप्टका न्यायाधीश,वकिल,बिद्यार्थी लगाएत सर्वसाधारण आन्दोलित बनेका हुन् । राष्ट्रपति मुर्सीले हालै मात्रै आफ्नो निर्णयबारे कुनै पनि निकायमा प्रश्न उठाउन नपाउने गरी अध्यादेश जारी गर्नुभएको थियो ।
– Agencies