अमेरीकाले ब्रिटिश पेट्रोलियम कम्पनी बीपीसँग नयाँ व्यापारीक सम्झौता नगर्ने भएको छ । मेक्सीकोको खाडीमा भएको तेल चुहावट र यसको नियन्त्रणमा बेलायती कम्पनीले आवश्यक मापदण्ड पुरा गर्न नसकेको भन्दै अमेरीकाले बीपीसँग नयाँ व्यापार सम्झौता नगर्ने भएको हो ।
अमेरीकाको वातवरणीय संरक्षण नियोगले बीपीसँगको वर्तमान करार समाप्त भएपछि तत्काल नयाँ सम्झौता नगर्न सबै संघीय निकायहरुलाई निर्देशन दिएको छ । अमेरीकाले बेलायती कम्पनीमाथि लगाएको प्रतिवन्ध अस्थायी भएको बताएपनि यो प्रतिवन्ध कहिले फुकुवा हुन्छ भन्ने विषयमा केही बताएको छैन ।