राष्ट्रपति कार्यालय शितलमहलमा धमाधम प्रधानमन्त्रीको उमेदवारी दर्ता

 काठमाडौ  – सहमतिको प्रधानमन्त्री चुन्न राष्ट्रपति रामवरण यादवले दिएको समयसिमा सकिने दिन बिहीबार किशोरी महतोले उमेदवारी दर्ता गराएका छन् ।


सहमतिको प्रधानमन्त्री छान्न ठूला दल असफल भएपछि लोककल्याणकारी जनता पार्टी अध्यक्ष महतोले उमेदवारी दिएका हुन् । उनलाई राष्ट्रवादी युवा मोर्चाका श्यामकुमार थापाले समर्थन गरेका छन् ।


राष्ट्रपति कार्यालय शितलमहल पुगेर उनले उमेदवारी दर्ता गराएका हुन् । उनका साथ दर्जनौं कार्यकर्ता पनि शितल निवास पुगेका थिए । महतोले आफूलाई १८ दलको समर्थन रहेको दाबी गरेका छन् । राष्ट्रपतिले दिएका एक हप्ताको समयभित्र अन्य उमेदवारी नपरेकाले आफू प्रधानमन्त्री हुनुपर्ने उनको तर्क छ ।

 

– RSS