इराकको राजधानी बग्दादमा भएका दुई छुट्टाछुट्टै बम बिस्फोटमा ३१ जना मारिएका छन् । सिया समुदायको बाहुल्यता रहेको हिल्लामा भएको बिस्फोटमा २६ र करबाला शहरमा भएको बिस्फोटमा परी पाँच जना मारिएका हुन् ।
कारबालामा पार्किङमा रहेको कार बिस्फोट भएको थियो भने हिलामा रेष्टुराँ बाहिर बिस्फोट गराइएको थियो । मारिनेमा दुई जना महिला र तीन जना बालबालिका छन् ।
– RSS