ईजिप्टमा राष्ट्रपति मोहमद मुर्सीबिरुद्धको आन्दोलनका क्रममा तहरीर स्क्वायरमा भेला भएका प्रदर्शनकारीले थुपै्र सरकारी कार्यालयमा आगजनी गर्नुका साथै सवारी साधनमा तोडफोड गरेका छन् । प्रदर्शनकारी र प्रहरीबीच ठूलै झडप पनि भएको छ ।
सुरक्षाकर्मीको अश्रुग्यास प्रहारबाट थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले पनि सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपति मुर्सीको शैली होस्नी मुबारककै जस्तै भएको भन्दै मुर्सीबिरुद्ध नारा लगाएका छन् । राष्ट्रपतिले हालै जारी गरेको अध्यादेशबिरुद्ध केही दिनयता इजिप्टका न्यायाधीश, वकिल, विद्यार्थी लगायत सर्वसाधारण आन्दोलनमा छन् ।
राष्ट्रपति मुर्सीले हालै मात्रै आफ्नो निर्णयबारे कुनै निकायमा पनि प्रश्न उठाउन नपाउने गरी अध्यादेश जारी गर्नुभएको थियो ।
– Agencies