भारतका पूर्व प्रधानमन्त्री इन्द्रकुमार गुजरालको ९२ बर्षको उमेरमा निधन

 भारतका पूर्व प्रधानमन्त्री इन्द्रकुमार गुजरालको ९२ बर्षको उमेरमा  निधन भएको छ ।

 

फोक्सोको रोगबाट पीडित गुजरालको नयाँ दिल्ली नजिकैको मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको हो । भारतीय गृहमन्त्री सुशीलकुमार सिन्देले पूर्व प्रधानमन्त्री गुजरालको निधनबारे लोकसभामा जानकारी गराउनु भएको थियो ।

 

गुजराल सन् १९९७ देखि १९९८ सम्म जनता दलबाट प्रधानमन्त्री बन्नुभएको थियो ।

 

प्रधानमन्त्री बन्नु अघि पटक सूचना र प्रसारण लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका गुजराल शालिन र शिष्ट ब्यक्तित्वको रुपमा चिनिनु हुन्थ्यो । भारतले आफ्ना छिमेकीहरुसंग असल र विश्वासिलो सम्बन्ध विकास गर्नुपर्ने सिद्धान्तका पक्षपाती गुजरालको नीतिलाई गुजराल डक्ट्रिन भनिन्छ ।

 

प्रधानमन्त्री भएको बेला २०५४ सालमा गुजराल नेपाल भ्रमणमा आउनु भएको थियो । त्यसयता भारतीय प्रधानमन्त्रीबाट नेपालको औपचारिक भ्रमण भएको छैन ।

 

– Agencies