अन्तराष्ट्रिय रेस्लिङ्ग महाभिडन्त अर्घाखाँचीमा सम्पन्न / विश्वभरबाट एक लाख ३७ हजारले प्रत्यक्ष अर्घाखाँची डट्कम् मार्फत अवलोकन गरे


 

– प्रेमनारायण आचार्य




टुडिखेल, अर्घाखाँची  ।  अन्तराष्ट्रिय खेलाडी सहित सन्धिखर्क टुडिखेलमा आज भएको अन्तराष्ट्रिय रेस्लीङग महाभिडन्त खेलले सन्धिखर्कमा रौनकता छाएको छ । जिल्लामै पहिलो पटक भएको रेस्लीङगको लागि अन्तराष्ट्रियि खेलाडी सहभागी भएका थिए ।

 

कार्यक्रमको अर्घाखाँची डट्कम् ले प्रत्यक्ष भिडियो प्रसारण गरेको थियो । प्रत्यक्ष प्रसारण मार्फत विश्वभरका करीब १ लाख ३७ हजार नेपालीले प्रत्यक्ष अवलोकन गरेको अर्घाखाँची डट्कम् को प्राबिधिक कक्षले जानकारी दिएको छ । प्रत्यक्ष प्रसारणका लागि अर्घाखाँचीमा अर्घाखाँची डट्कम् का बिनोद गैरे , इण्टरनेट सेवाका लागि राजन आचार्य र केशब खनाल लगायत अन्य सहकर्मीले सन्धिखर्कको टुडिखेलमा सहयोग गरेका थिए । प्रबिधी र अन्य सहयोग दुबइ बाट बिदेश बिभाग प्रमुख उमाकान्त पाण्डे गाउले, लन्डन बाट रमेश थापा, र राजधानी काठमान्डौ बाट अर्घाखाँची डट्कम् का प्रमुख मेहर सिहं केसी लागि परेका थिए ।


 

५ हजार जनाले अवलोकन गरेको आयोजकले बताएको छ  । नेपाल पर्यटन खेलकुद मञ्चको आयोजनामा भएको  कार्यक्रमका लागि पाँच जना विदेशी र पाँच जना नेपाली रेस्लीङग महाभिडन्तको प्रदशनी देखाएको मंञ्चका अध्यक्ष  पृथ्वी थापाले बताए ।

 


 

उक्त महाभिडन्तमा अस्ट्रेलियाका सुपरस्टार हार्टली ज्याको ज्याक्सन र नेपालका एक मात्र अन्तराष्ट्रिय रेस्लर भरत बहादुर विशुराल (हिमालयन टाइगर) विच मुख्य महाभिडन्त भएको थियो । उक्त भिडन्तमा जितेका  खेलाडी हिमालयन टाइगरलाइ लाईसंघको नाममा स्थापना गरिएको च्याम्पियनसीप टाईटल वेल्ट उपाधीका साथ नगद दुई लाख रुपैया प्रदान गरिएको  छ  ।

 


 

उक्त नेपाली पहिलो महिला रेस्लर भगवति खड्का (युनिका) अमेरिकाको चिकागोवाट आउने द ग्रेट चेन्ने आल्माका साथ महाभिडन्त गराएर भरपुर मनोरञ्जन प्रदान गराइएको थियो  साथमा डव्लु डव्लु ई का पुर्व खेलाडी द ग्रेटनेस टिम मेम्वर द ग्रेट मालाकी र जापानको जीरोवान रेस्लिङगका खेलाडी युसुके उदे विच महाभिडन्त भएको थियो र  सुभारम्भमा भक्तपुरका महेस कोजु र काठमाडौंका नसिङग नेपालीको महाभिडन्तले रेस्लिङग रिङग तताएको थियो ।


 


 

यसैबीच कलाकार जीवन शर्मा र हास्य कलाकार मनोज जगुरेलले समेत आफ्नो प्रस्तुती देखाएका थिए । स्थानिय जनताहरुकालागी ज्ञानवर्धक मनोरञ्जन कार्यक्रमले हौसला बढाउने र पर्यटन व्यावसायमा सहयोग पुरयाउने लक्ष्यका साथ  आयोजना गरिएको कार्यक्रममा आजसम्म सरकार लगायत कुनै पनि साहु महाजन , उद्योगपति , व्यापारी र संघ संस्था संग नगद वा जिन्सी कुनै प्रकारको पनि सहयोग नपाएको र नलिएको पनि जननकारी गराएको छ ।




 




यसैगरी अर्घाखाँचीमा सम्पन्न अन्तराष्ट्रिय रेस्लिङ्ग महाभिडन्तको अर्घाखाँचीडट्कमले प्रत्क्षय भिडियो लाईभ गरेको थियो। उक्त प्रत्क्षय भिडियो प्रशारणको विश्वभरबाट एक लाख ३७ हजारले प्रत्यक्ष हेरेकाका थिए । प्रत्यक्ष प्रशारणको लागि अर्घाखाँचीमा अर्घाखाँची डट्कमका बिनोद गैरे, इण्टरनेट सेवाका लागि राजन आचार्य र केशब खनाल लगायत रहेका थिए ।

 


 

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।






अन्य समाचारहरु