खाडी मुलुक कुवेतमा बढ्दो राजनीतिक तनाबबीच यही वर्ष दोस्रो पटक संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ ।
हिजो मात्र चुनावको पूर्व सन्ध्यामा हजारौ प्रदर्शनकारीले गत महिना गरिएको मतदान सम्बन्धी नियम संशोधनको विरोधमा चुनाव बहिष्कारको आह्वान गरेका थिए ।
विपक्षी सांसदहरुले संशोधित मतदान सम्बन्धी नियमले सरकार समर्थित उम्मेदबारलाई सहयोग पु-याउने दाबी गरेका छन् । गत फेब्रुअरीमा इस्लामिकहरुले नेतृत्व गरेका विपक्षीले संसदीय निर्वाचनमा महत्वपूर्ण जीत हासिल गरेपनि विभिन्न कारण देखाउंदै संवैधानिक अदालतले संसद विघटन गरेपछि कुवेतमा राजनीतिक अस्थिरता शुरु भएको थियो । लगत्तै अदालतले कुबेतका अमिर शेख सबाह अल सबाह को परिवारको बर्चश्व रहेको पहिला कै संसद पूर्नवहाली गरेको थियो ।
तर महिनौं लामो विपक्षीको प्रदर्शनपछि कुबेतका अमिर शेखले उक्त संसद विघटन गरी नयाँं निर्वाचनको घोषणा गर्नु भएको थियो । कुबेतका अमिरले सन् २००६ यता चार पटक संसद विघटन गरिसक्नु भएको छ ।
– Agencies