उत्तर कोरियाले चर्को आलोचनाबीच लामो दूरीको रकेट प्रक्षेपणको मिति घोषणा गरेको छ ।
यही डिसेम्बर १० देखी २२ बीच रकेट प्रक्षेपण गरिने उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनसीले जनाएको छ । शत्रुतापूर्ण सम्बन्ध रहेको छिमेकी दक्षिण कोरियामा १९ डिसेम्बरमा हुन लागेको राष्ट्रपतिय निर्वाचनको तिथि पारेर उत्तरले रकेट प्रक्षेपण गर्न लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो घोषणासंगै कोरियाली प्रायद्धिपमा थप तनाब बढ्ने आशंका गरिएको छ ।
संयुक्त राष्ट्रसंघले व्यालेष्टिक मिसायल प्रक्षेपण गर्नबाट उत्तर कोरियालाई रोक लगाएपनि गत अप्रिलमा उसले असफल रकेट प्रक्षेपण गरेको थियो । गत विहिवार मात्र राष्ट्रसंघ सुरक्षापरिषद्ले क्षेत्रिय तनाब बढाउने कुनै पनि प्रक्षेपण नगर्न उत्तर कोरियालाई चेतावनी दिएको थियो ।
– Agencies