अमेरिकी संसद, हाउस अफ रिप्रजेन्टेटिभले डिभी भिसा बन्द गर्ने पक्षमा मतदान गरेको छ ।
विभिन्न देशका ५५ हजार व्यक्तिलाई वार्षिक रुपमा आफ्नो देश भित्र्याइरहेको अमेरिकाको जनप्रतिनिधि संस्था संसदले यस्तो निर्णय गरेको हो । अब त्यो संख्याको भिसा उच्च प्राविधिक शिक्षा लिएका विदेशमा जन्मेका विद्यार्थीलाई मात्र दिने पक्षमा मतदान भएको हो ।
तल्लो सदन प्रतिनिधिसभामा भएको मतदानमा पक्षमा २ सय ४५ र विपक्षमा १ सय ३९ मत परेको अमेरिकाबाट प्रकाशित हुने नेपाली पोष्ट अनलाइनले जनाएको छ । यद्यपि, यो प्रावधान लागू हुन माथिल्लो सदन सिनेटले पनि मञ्जुरी दिनुपर्ने हुन्छ ।
सन् २००२ पछि नेपालका २९ हजार ८ सय ९५ जना डिभीमार्फत् अमेरिका पुगेको बताइन्छ । सन् १९९० मा कानून ल्याएपछि डिभी चिठ्ठाको सुरुवात सन् १९९५ मा भएको हो । डिभीबाट प्रत्येक वर्ष बढीमा ५५ हजार विदेशीले अमेरिकामा काम गर्ने र बस्ने अधिकार