– कृष्ण खनाल
बुटवल, मंसिर१६ – शिक्षामन्त्रि दिनानाथ शर्माले बर्तमान सरकारले शिक्षा निति संसोधन गरेर शिक्षामा सुधारको प्रयत्न गरेको दावी गर्नुभएको छ । उहाँले पञ्चायत कालमा बनेको शिक्षा ऐन विभिन्न चरणमा संसोधन भएपनि शिक्षाका समस्या थातीनै रहेपछि अध्यादेशमार्फत आठौंचरणमा मन्त्रालयले संसोधन गरेको बताउनुभयो । तर संसोधित अध्यादेश राष्ट्रपतिको कार्यालयमा थन्किदा सुधारको प्रयत्न रोकिएको उहाँको भनाई छ । शिक्षा पत्रकार समुह लुम्बिनीद्धारा आज बुटवलमा आयोजित पत्रकार पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि शर्माले शिक्षा निति नहुदा समस्या भएको बताउनुभयो । उहाँले ५२ सालदेखि शिक्षा आयोय अबरुद्ध भएकाले त्यसलाई खुलाउन केहि नियमावलीमा संसोधन गरेर मन्त्रिपरिषदमा पठाईएको बताउनुभयो ।
मन्त्री शर्माले नेपालमा अझै पनि ४० प्रतिशत निरक्षर रहेको भन्दै सरकारले साक्षरता अभियान संचालन गरेको बताउनुभयो । पछिल्लो समयमा गेसपेपरले गर्दा विद्यार्थीको अध्ययनशिलता र मौलीकतामा ह