– अनिता भट्टराई
विश्व पर्यावरण दिवसका अवसरमा काठमार्डौमा ‘विश्व पर्यावरण र मानव जातिको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय नेपाली एकता समाजले शनिबार आयोजना गरेको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले सो विषयको अवधारणा पत्र प्रस्तुत गर्नुभयो ।
पर्यावरण संवन्धि कानुनविद्ध डा. ताराप्रसाद सापकोटाले अन्तराष्ट्रिय जगतमा पर्यावरणका विषयमा अहिले झण्डै ५०० भन्दा बढि अन्तराष्ट्रिय, क्षेत्रिय सन्धिहरु बनेका र ती मध्ये करिब २५ वटा सन्धिहरुमा नेपालले हस्ताक्षर गरेको जानकारी दिनुभयो । हस्ताक्षर गरेका अन्तराष्ट्रिय सन्धि महासन्धिका प्रावधानहरु कार्यान्वयमा नेपाल पछि परेको बताउदै वहाँले भन्नुभयो “नेपालले हस्ताक्षर गर्न हतार गर्छ तर सन्धिमा उल्लेखित प्रावधानहरुको कार्यान्वयनमा ध्यान दिँदैन ।”
केहि वर्ष पहिले पर्यावरणका विषयमा विश्वका बैज्ञानिकहरुवीच मतभेद भएता पनि जलवायू परिवर्तनका कारण व्श्विभरी विभिन्न असरहरु देखा पर्न थालेको र यो विश्वकै समस्या भएको बैज्ञानिकहरुले पुष्टि गरेको बताउनुभयो ।
पर्यावरणविद् डा. तीर्थ बहादुर श्रेष्ठले पर्यावरण विनासको कारक तत्व मानव भएको भन्दै मानवीय कारणले देखिएका वातावरणीय समस्यालाई जलवायू परीवर्तनको नाम दिनु आत्म गर्न आत्म हत्या गरेर काललाई दोस दिनु बरवर रहेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रिय अध्यक्ष चित्रबहादुर के.सीले नेपालमा सामाजिक आन्दोलन पार्यावरण संवन्धि विषयमा बहश कम हुने बताउनुभयो । मानवले आफ्नो निहित स्वार्थ पूर्तिका लागि प्रकृतिलाई शोषण गरेको हुनाले मानिस