अर्घाखाँचीमा हाल सम्म १०३ जना एचआईभी संक्रमित फेला/पुरुष भन्दा महिला १ जनाले बढी

– पार्वता श्रेष्ठ,सन्धिखर्क 
अर्घाखाँची जिल्लामा फेरी थप नयाँ ८ जना एचआईभी संक्रमित व्यक्ति फेला परेका छन् । विभिन्न सघं सस्थाको व्यापक रुपमा संचालित जनचेतना मूलक कार्यक्रमले गर्दा जिल्लामा लुकेर बसेका एचआइभी संक्रमितहरु पत्ता लाग्न थालेका हुन । 
एचआईभीको क्षेत्रमा काम गदै आएको संस्था सक्रिय सेवा समाज र जिल्ला श्वास्थ्य कार्यालय र प्रेरणाको सहयोगमा संचालित एचआईभीको रगत परिक्षण केन्द्र भि.सी.टी सेन्टरमा मंसिर महिना सम्ममा  थप ८ जना एचआईभी संक्रमित पत्ता लागेको जिल्ला एड्स समन्वय समितिका संयोजक शोभाखर पोख्रेलले जानाकारी दिए । 
थप ८ जना सहित हाल सम्मको तथ्यांक हेर्दा एचआईभी संक्रमितहरु १०३ जना पुगेको र त्यसमा ५२ महिला , ५१ पुरुष रहेका छन । जसमध्ये ८ जना बालबालिका  रहेको जिल्ला एड्स समन्वय समितिका संयोजक शोभाखर पोख्रेलले जानाकारी दिए । 
१०३ जना मध्ये हाल सम्म २३ जनाको मृत्यु भईसकेको छ । मृत्‍युहुनेमा १० महिला १३ पुरुष तथा २ बालबालिका थिए । 
४५ जनाले एचआईभी एन्टीबडी भाइरसलाई नियन्त्रण गरि प्रतिरक्षाशक्तिलाई स्थिर राख्नको लागि एआरभी औषधि खाइरहेको  संक्रमित पार्वती बन्जाडेले बताईन । 
“एचआईभी” भन्ने वितिकै अझैपनि समाजमा डराउने , लाज मान्ने हुदाँ यसलाई लुकाएर बस्ने र अन्तिम अवस्थामा मात्र भि.सी.टी सेन्टरमा रगत परिक्षण गर्न आउने गरेको बन्जाडेले बताइन । यसरी जिल्लाको तथ्यांकलाई हेर्दा ६ बर्षिय बालक देखि ७० वर्षसम्मको व्यक्तिमा एचआईभी रहेको पाईएको छ । सबैभन्दा बढी २० वर्षदेखि ४० वर्ष उमेर समुहको व्यक्तिमा रहेको पाईएको छ । हाल सम्म जिल्लाको सबै गा.वि.स.मा एचआईभी संक्रमित रहेको बन्जाडेले अर्घाखाँची डट्कम् लाई बताइन ।
पत्रकार श्रेष्ठ प्रेस चौतारी अर्घाखाँचीकी अध्यक्ष तथा बिभिन्न सामाजिक संघसस्थामा आबद्द स्वतन्त्र पत्रकार समेत हुन ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु