– गणेश खनाल
सन्धिर्खक, अर्घाखॉची – सधै भरि टेलिभिजनको पर्दामा मुकाविला गरेका अन्तरराष्टिय रेस्लरलाई आफनै अगाडी तछाड मछाड गरेको देख्दा पाउदा स्थानीयवासी दङ्ग परेका छन् । नेपाल खेदकुद पर्यटन संघले सन्धिर्खकमा आयोजना गरेको अन्तरराष्टिय रेस्लिङ्ग प्रतियोगितामा अर्घाखॉची, गुल्मी, पाल्पा र त्युठानबाट आएका दर्शकहरु आफनै अगाडी मुकाविल गरेको देख्न पाउदा ढङ्ग परेका थिए ।
प्रतियोगितामा हाटेली ज्याको ज्याक्सन अष्टेलीया,भगवति खड्का युनिक नेपाल,मोसीयुकी नाकामुरा जापान,द ग्रेट मालाकी यूएसए,द गे्रट चेल्ने यूएसए,यासीको उदे जापान, नसिङ्ग गोपाली नेपाल, महेश्वर कोजु नेपाल र हिमालयन टाईगर विच हानाहान भएको थियो ।
दुई लाखको राशी रहेको पुरस्कार नेपालका हिमालयन टाईगरले हात पारेका छन् । जापान,अस्टेलिया,युएसका खेलाडी विच लडाई हुदा दुई पक्षीय हुटिङ्ग गरेका दर्शकले नेपालका हिमालय टाईगर आउदा भने नेपाल कै मात्र हुटिङ्ग गरेको देख्दा साञ्चै अर्घाखॉचीवासीमा नेपालीको सिन देश्न पाईथ्यो । खेल १० हजार दर्शकले अवलोकन गरेको संघका अध्यक्ष्ँ पृथ्वी थापाले जानाकारी दिनुभयो ।
खेलको विच विचमा हास्य कलाकार मनोज गजुरेल र जनवादी कलाकार जिवन शर्माको प्रस्तुतले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरको थिए । नेपालको ईतिहासमै यो पहिलो खेल भएको आयोजकको दावी रहेको छ । अर्घाखॉचीको पर्यटन विकासकालागी खेलको आयोजना गरिएको जनाईएको छ । खेलको प्रमुख जिल्ला अधिकारी गोविन्द मणी भुर्तेलले एक समाहराका विच उढ्घाटन गर्नुभएको थियो । खेल सन्धिर्खकको टुडिखेलमा भएको थियो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।