धादिङमा एकीकृत माओवादी जिल्ला सदस्यको अज्ञात समूहद्धारा गोली हानी हत्या

धादिङ । धादिङको गुम्दीमा एकीकृत नेकपा माओवादी जिल्ला सदस्य विजय तामाङको आज बिहान अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।

 

दार्खा गाउं विकास समिति वडा नम्बर ८ निवासी तामाङलाई गुम्दी गाउं विकास समिति वडा नम्बर ७ सातदोबाटो नजिकै जंगलमा गोली हानी हत्या गरिएको एकीकृत नेकपा माओवादीका सहइन्चार्ज रामहादुर भण्डारीले जानकारी दिनुभयो । मृतक तामाङ वाइसिएलको जिल्ला कमिटी सदस्य समेत हुनुहुन्थ्यो ।

 

घटनबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विकासराज खनालले जानकारी दिनुभयो ।

 

– RSS