२५ औं विश्व एड्स दिवसको अवसरमा अर्घाखाँचीमा बिभिन्न कार्यक्रम सम्पन्न / एचआईभी संक्रमितहरु सम्मानित

– पार्वता श्रेष्ठ,सन्धिखर्क 
“एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पूर्याउ” भन्ने मूल नारा सहित २५ औं विश्व एड्स दिवस अर्घाखाँचीमा पनि विभिन्न कार्यक्रम सहित यो दिवस मनाईएको छ । 
जिल्ला एड्स समन्वय समितीको आयोजना र जिल्ला श्वास्थ्य कार्यालय अर्घाखाँची,सक्रिय सेवा समाज, प्रेरणा, शन्देस सहयोग समूह UNFPA को संयुक्त सहयोगमा यो कार्यक्रम गरिएको हो । 
कार्यक्रममा सन्देस मूलक प्लेकार्ड बोकि राजनितीक दलका प्रमुख प्रतिनिधी, सरकारी कार्यालयका प्रमुख साथै अन्य कर्मचारीहरु, विभिन्न विघालयका शिक्षक र विघार्थी, गैर सरकारी सघं सस्थाका प्रतिनिधीहरु, पत्रकार, र बजारबासी लगायतले सन्धिखर्क र चुत्राबेसी बजार परिक्रमा गरेका थिए । र्याली सिएमए क्यामपसमा आई कोण सभामा परिणत भएको थियो । 
सभामा बोल्दै स्थानिय विकास अधिकारी हेमराज भुसालले अब आउदो पिडीलाई एचआईभी सर्नबाट बचाउनको लागि र बढदो क्रममा रहेको एचआईभी एडसलाई नियन्त्रण गर्न सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले व्यापक रुपमा गाँउ गाउमा गएर सचेतना कार्यक्रम चलाउनु पर्ने, जिविसबाट एआरटी सेन्टर जिल्लामा संचालन गर्न र संक्रमितको आवश्यक सहयोगको लागि जिल्ला परिषदबाट रकम छुटाउन पहल गर्ने कुरामा प्रतिबद्धता व्यक्त गरेका थिए । 
संक्रमितको तर्फबाट शन्देस सहयोग समूहका अध्यक्ष विपना थापाले संक्रमितले भोग्नु परेको समस्या एआरटि सेन्टर जिल्लामा नहुदाँ संक्रमितहरु औषधि सेवनबाट बन्चित हुनु परेको र सेन्टर संचालनको लागि सरकारले पहल नगरेको गुनासो गरेकी थिईन । 
यसै गरि जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाल,एमाओवादीका गोविन्द के.सी.,एमालेका लक्षमण रायमाझी लगायतको उपस्थिती रहेको थियो । 
यसै दिवसको अवसर पारे अर्घाखाँचीमा एचआईभी भएर समाजमा खुलेर आउने व्यक्तिलाई हौसला प्रदान गर्न उद्देष्यले विभिन्न सघं सस्थाको सहयोगमा औषधी उपचारको लागि नगद दुई हजार र दोसल्ल्ला ओडाएर सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा विष्णु माया परियार,कुमारी नेपाली,गीता पौडेल , जुना घर्ती, जमुना परियार,भोज बहादुर नेपाली,पार्वती वि.क.,रहेका छन । 
यसै क्रममा पार्वती बन्जाडे,गोमा राना,नारायण पाण्डे,शालिकराम पाण्डे,पदम टण्डन,सरिता भुसाल ,अमृत भुसाल, मङ्गले नेपाली,झविलाल नेपाली टानिसरा उलङ्गे,इन्द्रमणी पोख्रेल लगायतलाई अन्य सक्रमितलाई पौष्टिक आहारा समेत वितरण गरिएको थियो ।
यसै दिवसको अवसरमा उच्च मा.विका विघार्थी वीच बढदो एचआइभी एड्स लाई नियन्त्रण गर्न युवा वर्गहरुको भूमिका विषयक शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जसमा अर्घाखाँची  टेक्निकल इन्च्युटकी मनिषा न्यौपाने प्रथम ,जन ज्योती उच्च मा.वि चुत्रावेशीकी सृजना पोख्रेल दोस्रो , भगवती उच्च मा.वि. कूर शंखेटारीका विष्णु बहादुर मुखिया तेस्रो , र  युवा वर्षजनता रवि चित्र मा.वि हटारीनेटाकी पुजा पाण्डे तथा पाणीनी बहुमुखी क्याम्पसका बुद्धि भुसालले सान्त्वना स्थान हात पारेका थिए । 
स्थानिय विकास अधिकारी हेमराज भुसालको अध्यक्षता जिल्ला एड्स समन्वय समितीका संयोजक शोभाखर पोख्रेलको सन्चालनमा भएको कार्यक्रममा जिल्ला श्वास्थ्य कार्यालयका प्रमुख डा. यम बहादर बस्नेतले यस दिवसको उद्देष्य माथि प्रकाश पारेका थिए । 


पत्रकार श्रेष्ठ प्रेस चौतारी अर्घाखाँचीकी अध्यक्ष तथा बिभिन्न सामाजिक संघसस्थामा आबद्द स्वतन्त्र पत्रकार समेत हुन ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु