राप्रपाको रथ यात्रा राजनीतिक अभिष्ट पुरा गर्नका लागी नभएको पुर्व मन्त्री राप्रपा नेपालका केन्द्रीय सदस्य केशर बहादुर विष्टको दावी

– कृष्ण खनाल 
बुटवल – पुर्व मन्त्री राप्रपा नेपालका केन्द्रीय सदस्य केशर बहादुर विष्टले राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालले गर्ने रथ यात्रा कुनैपनि राजनीतिक अभिष्ट पुरा गर्नको लागि नगरिएको दावि गरेका छन । 
यहि पौष २ गते देखि धनुषा जिल्लाको जनकपुर बाट लुम्बिनी हुदै पोखराबाट काठमाण्डौ सम्मको रथ यात्रा सरकारलाई हिन्दु राष्ट्रय कायम गर्नको लागि यथेष्ठ दबाबको लागि आयोजना गरिएको उनको भनाई थियो । 
रथ यात्रको पर्ुवतयारीको लागि बुटवल आएका विष्टले सोमबार पत्रकारहरुसंग कुराकानी गर्दै जनआन्दोलले देशबाट राजसस्थाको अन्त्य नभई निरकुंस राजतन्त्रको अन्त्यको माग गरेको दाबि गरे । उनले भने -ँदेशलाई धर्म निरपेक्ष बनाउनको लागि आन्दोलन भएको थिएन ।