राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतीय सरकार गठनका आव्हान गरेको दोश्रो पटकको समय सकिन तीन दिन बाँकी रहँदा दलहरुबीच सकृयता बढेको छ ।
मूख्य तीन दलबीच बैशाखमा संविधानसभाको चुनाव गराउन प्याकेजमै राजनीतिक निर्णय गरेर अगाडि बढ्ने सहमति भएको छ ।
एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुबीच वेलुकी भएको छलफलमा सहमतिको सरकार, संविधानसभा चुनाव, संबैधानिक निकायमा नियुक्ती लगायतका विषयमा राजनीतिक निर्णय गरेर जानुपर्नेमा दलहरु एकमत रहेको काँग्रेस महामन्त्री कृष्ण सिटौलाले जानकारी दिनुभयो ।
गाठो फुकाउन राजनीतिक निर्णय गर्नुको विकल्प नरहेपनि दलहरुबीच आ आफ्ना अडान भने कायमै रहेको सिटौलाले बताउनु भयो । सहमति जुटाउन मंगलवार दिउँसो तीन बजे फेरी छलफल हुनेछ ।