सिंगापुरमा पारिश्रमिक बृद्धि र सेवा सुविधाको माग गर्दै हडतालमा उत्रेका चिनियां सवारी चालकहरुलाई चीन फिर्ता पठाईएको छ ।
सिंगापुर सरकारले चालकहरुले गैरकानुनी हडताल गरेको भन्दै २९ जना चिनिया सवारी चालकहरुलाई स्वदेश फिर्ता पठाएको हो । सिंगापुरमा २६ बर्षपछि पहिलोपटक हडताल आब्हान भएको थियो ।
सिंगापुरमा रहेका चीनका अधिकांश नागरिक चालकका रुपमा कार्यरत छन् । एक साता अघि तलबबृद्धि र सेवा सुविधा लगायतका आफना मागहरुको सिंगापुर सरकारले वेवास्ता गरेको भन्दै चालकहरु हडतालमा उत्रिएका थिए ।
हडतालमा संलग्न केही चिनिया सवारी चालकहरु पक्राउ परेका छन । यता, चीन सरकारले आफना नागरिकहरुलाई तुरुन्त रिहा गर्न आग्रह गर्दै अन्यायपूर्ण रुपमा कामदारहरु स्वदेश फर्काएको भन्दै असन्तुष्टि जनाएको छ ।
– Agencies