सिरियामा जारी संघर्षमा रासायनिक हतियार प्रयोग भईरहेको भन्दै अमेरिकाद्धारा चिन्ता प्रकट

सिरियामा जारी संघर्षमा रासायनिक हतियार प्रयोग भईरहेको भन्दै अमेरिकाले चिन्ता प्रकट गरेको छ । सिरियाको संघर्ष दबाउन सेनाले रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाको यो कदम अमेरिकालाई मान्य नहुने स्पष्ट पार्नुभएको छ ।


रासायनिक हतियारको प्रयोग खतराको सुचक हो भन्दै ओबामाले सिरियाली सरकारको ब्यापक आलोचना गर्नुभएको छ । अमेरिकाको यस भनाईप्रति खेद प्रकट गर्दै सिरियाली बिदेशमन्त्रीले आफूहरुसंग कुनै प्रकारको रासायनिक हतियार नभएको स्पष्ट पार्नुभएको छ ।

 

यता संयुक्त राष्ट्रसंघले सिरियाको बिग्रेको स्थितिप्रति चिन्ता जनाउँदै राष्ट्रपति बसार अल असदलाई यसप्रति ध्यान केन्द्रित गर्न बारम्बर आग्रह गर्दै आएको छ ।

 

साथै संयुक्त राष्ट्रसंघले आप्mना अधिकांश कर्मचारीहरुलाई सिरिया छोड्न आदेश दिएको छ । सिरियामा गत २० महिनादेखि जारी संघर्षमा कुनै कमी आएको छैन भने दिनानुदिन सर्वसाधारण मारिने क्रम बढ्दो छ ।

 

– Agencies