क्षतिपुर्ति दिइनुपर्ने माग गर्दै नुवाकोट जिल्ला बन्दको आब्हान

नुवाकोट  ।  दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपुर्ति दिइनुपर्ने माग गर्दै पिडित पक्षले आज नुवाकोट जिल्ला बन्दको आब्हान गरेका छन् ।

 

 बन्दको कारण नुवाकोटबाट जिल्ला बाहिरिने सवारी साधन प्रभावित बनेका छन् । आईतबार विदुर नगरपालिका वडा नम्बर ४ बट्टार बजारमा मोटरसाईकलको ठक्करबाट मृत्यु भएका झापा जिल्लाका भोलाकुमार कार्कीको परिवारलाई क्षतिपुर्ति दिइनुपर्ने बट्टारबरबासीको माग छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट क्षतिपुर्तिको पहल नभएसम्म जिल्ला बन्द जारी रहने बन्दकर्ताले बताएका छन् ।

 

झापा जिल्ला महारानीझोडा ८ घर भई नुवाकोटको बट्टार बजारमा सवारी साधनको ग्यारेज सञ्चालन गर्दै आएका भोलाकुमार कार्कीलाई मोटरसाइकलले ठक्कर दिएर घटनास्थलमै मृत्यु भएको थियो । कार्कीलाई ठक्कर दिने बा ५२ प ७०८ नम्बरको मोटरसाईकल र त्यसका चालक नुवाकोट गेर्खु गाँउ विकास समिति वडा नम्बर ४ का धर्मसिंह तामाङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।

 

सवारी चालक अनुमती पत्र नलिइकन मोटरसाइकल चलाएकोले तामाङलाई ज्यान मुद्दा अन्तर्गत मुद्धा चलाईने प्रहरीले जनाएको छ ।

 

– RSS