सिरियासँगको सिमानामा क्षेप्याष्त्र प्रतिरोधक क्षमता विस्तार गर्न नेटोद्धारा टर्कीलाई अनुमति

 हिंसाग्रस्त मुलुक सिरियासँगको सिमानामा क्षेप्याष्त्र प्रतिरोधक क्षमता विस्तार गर्न उत्तर एटलान्टिक सन्धी संगठन नेटोले टर्कीलाई अनुमति दिएको छ । सिरियामा जारी हिसाको कारण आफ्नो सिमाक्षेत्रका नागरिक असुरक्षित भएको भन्दै टर्कीले नेटोसँग अनुमती मागेको थियो ।


बेल्जीयमको ब्रसेल्समा सम्पन्न नेटोका विदेशमन्त्रीहरुको वैठकले टर्कीलाई सिरियासँगको सिमा क्षेत्रमा प्याट्रियोटिक एन्टी मिसाईल तैनाथ गर्न अनुमति दिएको हो ।


सिरियाली सेनाले विद्रोह दबाउन रासायनिक हतियार प्रयोग गर्न सक्ने दावीसहित नेटोले सिरियाको सिमाक्षेत्रमा अत्याधुनिक क्षेप्यास्त्र प्रतिरोधक क्षमता बढाएको हो । नेटोको पछिल्लो निर्णयले सिरियासँग टर्कीको सम्बन्ध थप शत्रुतापुर्ण हुने विश्लेषण गरिएको छ ।

 

– Agencies