फिलिपिन्समा शक्तिशाली आँधीमा परी एकसय भन्दा बढीको मृत्यु भएको छ । आंधीका कारण देशका कयौं भागमा जनजीवन अस्तब्यस्त बनेको छ ।
आँधीले दक्षिणी फिलिपिन्सका अधिकांश शहरका घरहरु भत्केका छन् । आँधीपछि आएको बाढी र पहिरोमा थुप्रै घर र सवारीसाधनहरु पुरिएका छन् । बिजुली आपूर्ती बन्द हुँदा कयौं शहरमा अन्धकार छाएको छ ।
आँधी प्रभावित करिव ४१ हजार सर्वसाधरणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । धेरैजसो सडक भासिएका कारण सवारी आवागमन पनि बन्द भएको छ ।
प्रतिघण्टा १ सय ७५ किलोमिटरका दरले आएको आँधी केही दिनसम्म रहने मौसमबिदहरुले जनाएका छन् ।
– Agencies