सबैको लागि शिक्षामा उच्च शिक्षाको योगदान र भूमिका विषयमा काठमाडौमा आगामि मंसिर २१ र २२ गते अन्तर्राष्ट्रिय सम्मेलन हुने आज एक कर्याक्र गरी बताइएको छ । त्रिभुवन विश्व विद्यालय, अन्तर्राष्ट्रिय विश्वविद्यालय महासंघ र फ्रान्सको सहयोगमा हुने सम्मेलनमा शिक्षामा क्षमता विकासको विषयमा छलफल हुने भएको हो । फ्रान्सको केन्द्रीय प्रतिनिधि तथा कार्यक्रम संयोजक लिभुर विश्वविद्यालय बेलायतमा आवद्ध डाक्टर विजन पन्तका अनुसार कार्यक्रममा साझेदार संस्था, विश्वविद्यालयका प्रतिनिधिहरु, शिक्षा र अर्थमन्त्रालयका प्रतिनिधि, राजनीतिक दल, विद्यार्थी संगठनका प्रमुखहरु, शिक्षा विद्धहरु, गैर सरकारी संस्थाका प्रतिनिधि, शिक्षक र अविभावको सहभागिता रहने छ । गोष्ठिमा सबैको लागि शिक्षा अभियान २०१५ को सन्दर्भमा उच्च शिक्षाले कसरी सहयोग, सहकार्य र योगदान दिन सक्छ भन्ने बारेमा नेपालको सन्दर्भलाई केन्द्रमा राखेर स्वदेशी तथा विदेशी सहभागीबीच छलफल गरेर निष्कर्स निकालिने छ ।
Binod gaire