दलहरूबीच सहमति नभएपछि पुन: दोस्रोपटक सरकार गठनका लागि समयसीमा थप


काठमाडौं – राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपतिबाट भएको आह्वानअनुसार दलहरूबीच सहमति नभएपछि शीतल निवासले दोस्रोपटक समयसीमा थप्ने गृहकार्य गरेको छ ।

 

दलहरूबीच सहमतिका लागि भइरहेको प्रयासलाई सकारात्मक रूपमा लिँदै फेरि समयसीमा थप्ने गृहकार्य भइरहेको शीतल निवास स्रोतले जनाएको छ ।

 

 सत्तारूढ गठबन्धनले कांग्रेस नेतृत्वको सरकारका लागि संविधानका अन्तरवस्तुमा पूर्वसहमतिको सर्त अगाडि सारेको छ ।

 

प्रमुख तीन दलको मंगलबारको बैठकमा एमाओवादीले राष्ट्रिय सहमतिको उम्मेदवार तोक्न आग्रह गरेपछि कांग्रेसले बुधबार सभापति सुशील कोइरालालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको थियो ।