शुक्रबार प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो घरमा बास बस्न आउने पक्का भएपछि चौधरीको चटारो बढेको हो । उहाँसँगै परिवारका सदस्य, छिमेकी र जिल्लाका माओवादी कार्यकर्ता आवश्यक तयारीमा जुटेका छन् । थारु संस्कृति अनुसार प्रधानमन्त्रीको स्वागतसत्कार गर्ने चौधरीको तयारी छ ।