राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित नारायणगोपाल युवा सङ्गीत पुरस्कार यस वर्ष युवा कलाकारद्वय अन्जु पन्त र स्वरुपराज आचार्यलाई प्रदान गरिने भएको छ ।
नेपाली लोक, आधुनिक एवम् मौलिक सङ्गीतको श्रीवृद्धि र उत्थानका लागि योगदान पुर्याएवापत उहाँहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको कोषले जनाएको छ । पुरस्कार छनोट समितिका अध्यक्ष एवम् वरिष्ठ सङ्गीतकार दीपक जंगमको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
पुरस्कारको राशि संयुक्तरूपमा रु ५० हजार, स्वर्ण पदक र प्रशंसापत्र रहेको छ ।
आनुधिक एवम् मौलिक चित्र तथा मूर्तिकलाको फाँटमा प्रशंसनीय योगदान पुर्याएवापत कलाकारद्वय इन्द्र खत्री र सञ्जय वान्तवालाई यस वर्षको अरनिको युवा कला पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार ४० वर्ष नाघेका युवा प्रतिभाहरुलाई प्रदान गरिन्छ । पुरस्कारको राशि संयुक्तरुपमा रु ५० हजार, स्वर्ण पदक र प्रशंसापत्र रहेको छ ।