नेटोका लागि सर्वियाका राजदूत ब्रान्सिस्लाभ मिलिन्कोभिचको ब्रसेल्लस् विमानस्थलको पार्किङबाट हाम्फालेर मृत्यु भएको छ ।
सर्वियाका विदेशमन्त्रीले ५२ वर्षिय मिलिन्कोभिचको मंगलबार राती मृत्यु भएको पुष्टि गरेपनि थप विवरण दिन मानेनन् ।
मिलिन्कोभिच यूरोपियन युनियनका विदेशमन्त्रीहरुको बैठकमा भाग लिन पुगेका थिए । यद्यपि सर्विया ईयूको सदस्य होइन् । राजदूत मिलिन्कोभिचको मृत्युबारे विस्तृत विवरण आईनसकेको बेल्जियमको बेल्गा समाचार एजेन्सीले जनाएको छ ।
– Agencies