रुसको छिमेकी मुलुक गणतान्त्रिक कारवादिनो-बालकालियाको उत्तरी ककेसस्मा रुसी टेलिभिजन पत्रकार काज्बेक गेक्कियेभको गोली हानी हत्या गरिएको छ ।
बुधबार राती कार्यक्रम काम सकेर घर फर्कदै गर्दा उनलाई दुई अज्ञात व्यक्तिले परिचय माग्दै टाउकोमा गोली हानेको बताइएको छ । काज्बेक सरकार नियन्त्रित स्थानीय टेलिभिजनमा समाचारवाचक थिए ।
उक्त टेलिभिजनले आफ्ना अन्य पत्रकारलाई पनि विभिन्न धम्की आईरहेको जनाएको छ । रुसमा पछिल्लो समय संचारकर्मीमाथि आक्रमणका घटना बढ्दै गएको छ ।