ईजिप्टमा राष्ट्रपति समर्थक र बिपक्षीबीच भएको झडपमा कयौं घाईते भएका छन् । राजधानी कायरोस्थित राष्ट्रपति भवनबाहिर पाल टाँगेर बसेका प्रदर्शनकारीहरुलाई राष्ट्रपति पक्षधरले हस्तक्षेप गरेपछी दोहोरो झडप भएको हो । झडपका क्रममा राष्ट्रपतिका समर्थकहरुले बिपक्षीहरुमाथि पेट्रोल बम समेत प्रहार गरेका छन् । झडपमा दुबैतर्फ गरी कयौं घाइते भएका छन् ।
प्रदर्शनकारीहरुले राष्ट्रपति भवन अगाडी धर्ना दिएपछी हिजो राष्ट्रपति समर्थक मुश्लिम ब्रदरहुडले राष्ट्रपतिको समर्थनमा बिशाल -याली निकालेपछी आज बिहानै समर्थक र बिपक्षीबीच झडप भएको हो । संबिधानको मस्यौदा र राष्ट्रपतिले जारी गरेको अध्यादेशको बिरुद्ध बिपक्षीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा न्यायाधिश लगाएत वकील र पत्रकारहरुसमेत रहेका छन् । यता उपराष्ट्रपति मोहमद मेकीले आगामी डिसेम्बर महिनामा कुनै पनि हालतमा मतदान हुने स्पष्ट पारेका छन् । राष्ट्रपतिले जारी गरेको अध्यादेश अस्थायी भन्दै यसमा संशोधन गर्न सकिने भन्दै हाललाई प्रदर्शन राक्नुबाहेकको बिकल्प नभएको बताएका छन् । प्रदर्शनलाई ध्यानमा राखी सुरक्षाब्यबस्था निकै कडा तुल्याईएको छ ।
– Agencies