ईजिप्टमा राष्ट्रपति मोहम्मद मुर्सीले जनमत संग्रह सम्बन्धी विवाद समाधान गर्न निर्णायक वार्ता गर्ने प्रयास गरिरहनु भएको छ ।
राजधानीमा समर्थक र बिपक्षीबीचको झडपले हिंसात्मक रुप लिएर सेना परिचालन गर्नु परेपछि विपक्षीसंग निर्णायक वार्ताको पहल राष्ट्रपति मोर्सीले गर्नुभएको हो । कायरोस्थित राष्ट्रपति भवन आसपस ट्यांक र बख्तर बन्द गाडीले सुसज्जित सेना परिचालन गरिएको छ ।
इजिप्टको रिपब्लिकन गार्डस्का प्रमुख मोहम्मद जाकीले दुवै पक्षलाई अलग पार्न सेना परिचालन गरिएको बताएका छन् । उनले प्रदर्शनकारीमाथि कुनै बल प्रयोग नगरिने प्रष्ट पारेका छन् ।
पछिल्लो झडपमा पांच जना मारिनुका साथै ६ सय ४० भन्दा बढी घाईते भएका छन् । राष्ट्रपति भवनबाहिर पाल टाँगेर बसेका प्रदर्शनकारीमाथि राष्ट्रपति पक्षधरले आक्रमण गरेपछि झडप भएको बताइएको छ ।
– RSS