सरकारी सेना र विपक्षीविच सिरियाको राजधानी दमस्कसमा भिषण संघर्ष

सिरियामा राष्ट्रपतिबिरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले राजधानी दमस्कसस्थित सरकारी कार्यालयहरुमा आक्रमण गरेपछि भिडन्त भएको छ ।

 

भिडन्तका क्रममा सरकारी सेनाले प्रदर्शनकारीमाथि पेट्रोल बम प्रहार गरेका छन् भने प्रदर्शनकारीले पनि पहिलोपटक ट्याङ मार्फत् सरकारी सेनाको प्रतिकार गरेका छन् ।

 

 भिडन्तमा दुबैतर्फ दर्जनौं घाइते भएका छन् । प्रदर्शनकारीहरुको अग्रपंक्तिमा महिला रहेकाले सरकारी सेनाले उनीहरुलाई हट्न माइकिङ गरेका थिए । सिरियामा २१ महिनादेखि लगातार राष्ट्रपतिबिरुद्ध प्रदर्शन गर्दै आएका बिपक्षीहरु हाल राजधानी दमस्कसमा केन्द्रित छन् । यो संघर्षमा हालसम्म ३८ हजारभन्दा बढी व्यक्ति मारिइसकेका छन् ।

 

– Agencies