सन्धिखर्कमा बालिका बिरुद्ध हुने हिंसा विषयक अन्तरक्रिया

– प्रेमनारायण आचार्य 

 

 अर्घाखाँची  । नौलो घुम्ती नेपालको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा बिद्यालयमा बालिका बिरुद्ध हुने हिंसा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

   कार्यक्रममा सरस्वतीको मन्दिर मानिने बिद्यालयमा समेत शिक्षक र आफ्नै केटा साथीहरुबाट बालिकाहरु यौन हिंसामा परेको बताएका थिए । उनीहरुले यौन हिंसा अन्त्य गर्न सबैले पहल गर्नु पर्ने बताएका थिए ।


नौलो घुम्ती नेपालका कपिलप्रसाद पुरीको अधयक्षता, शम्भुप्रसाद पोख्रेलको स्वागत तथा बिषय प्रवेश र खिमप्रसाद मरासिनीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा जिल्ला बाल अधिकृत बिना प्युठानी, युएनएफपिएका जिल्ला संयोजक पुर्ण बिक, पत्रकार नीमबहादुर रिजाल, प्रेमनारायण आचार्य, गणेश खनाल, बिरेन्द्र केसी, जिल्ला बाल संजालका अध्यक्ष मोहन बेल्बासे लगायतले मन्तब्य राखेका थिए ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु