नदीहरुमा पानीको जलस्तर घट्न गएको तथा माग आपूर्तिमा असन्तुलन भएकाले साविकमा हुँदै आइरहेको लोडसेडिङ तालिका परिवर्तन गरिएको प्राधिकरणले जनाएको छ । अत्यधिक चुहावट हुने फिडरहरुमा भने दैनिक १ देखि ६ घण्टासम्म थप लोडसेडिङ्ग हुने प्राधिकरणको विज्ञप्तीमा उल्लेख छ ।
ऊर्जा मन्त्रालयको नेतृत्व प्रधानमन्त्री बाबुराम भट्टराई आफैंले गरेका छन् । उनले लोडसेडिङ हिउँदमा १२ घण्टा सीमित गर्ने घोषणा भए पनि अझै बढ्ने प्राधिकरण अधिकारीहरुको भनाइ छ ।