पटक पटक गर्भपतन गराउनु स्वास्थ्यका लागि गम्भिर समस्या हो । यस्तो जान्दा जाँन्दै पनि सहरका शिक्षित महिला नै पटक पटक गर्भपतन गर्न अग्रसर देखिने गर्दछन् । सरकारसमेत सहभागी भएर हालै काठमाण्डौं उपत्यकामा गरेको सर्वेक्षण प्रतिवेदनले यो तथ्य औलाएको हो ।उपत्यकाका एक हजार एकसय ७२ महिलामा गरिएको अध्ययनले एकतिहाइ महिलाले खतरा जाँदा जाँन्दै पनि पटक पटक दोहोर्याएर गर्भपतन गर्ने गरेको जनाएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार स्वास्थ्य महाशाखा र आइपासको सहकार्यमा डाक्टर श्याम थापाको समूहले गरेको अध्ययनले काठमाण्डौं उपत्यकामा रहेका प्रसुती सेवा प्रदायक अस्पताल र मेरी स्टोप सेन्टरहरु समेटेको थियो ।
अध्ययनमा सरकारी क्लिनिकमा गर्भपतन सेवा लिन आएका महिलाको तुलनामा निजी क्लिनिकमा सेवा लिन आएका महिलाले एकभन्दा बढी पटक गर्भपतन गराएको देखिएको खबर डाक्टर थापा को छ
।