एमाले झलनाथ खनालद्धारा आन्दोलनबाटै निकास खोजिने चेतावनी

बिराटनगर  – नेकपा एमाले अध्यक्ष झलनाथ खनालले आन्दोलनबाटै निकास खोजिने चेतावनी दिएका छन् ।

 

एमाले धनकुटाको जिल्ला अधिवेशनमा सहभागी हुन जाने क्रममा बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै खनालले सत्तासिन दल सहमतिको लागि तयार नभएको आरोप लगाए ।

 

उनले सत्तासिन दलले सहमतिको लागि आलटाल गरिरहे आन्दोलनबाटै निकास निकाल्ने चेतावनी दिएका हुन् ।

 

राष्ट्रपतिले तेस्रो पटक दिएका ६ दिनको समयावधि कट्न नहुने उनको जोड थियो ।

 

– RSS