भुसालले प्रधानमन्त्री भट्राई, एमाओवादी अध्यक्ष प्रचण्ड,नेपाली काग्रेस, एमाले र मधेशी मोर्चाका कारण संविधान सभाको विघटन भएको जिकिर गर्दै तिनै दलहरुले पुःन संविधान सभाको निर्वाचनको कुरा गर्नु हास्यास्पद भएको बताउनु भयो ।
राष्ट्पति यादवले असफल दलहरुलाई सहमतिको प्रधानमन्त्री तय गर्न समय निर्धारण गर्नु गलत भएको दावी गर्दै दोस्रो पटक थपिएको समय अवधिमा पनि दलहरुले सहमतिको प्रधानमन्त्री दिन नसक्ने उहाँको भनाई छ ।
८३ दल भएको मुलुकमा ४ दललाई मात्रै सहमतिको प्रधानमन्त्री ल्याउ भन्नु नै राष्ट्पतिको गम्भिर भूल भएको भन्दै उहाँले अगाडी भन्नु भयो – विघठित संविधान सभामा ९१ सिट रहेको आफ्नो पार्टीको सहमति विना गरिने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई मान्य हुने छैन् ।
बर्तमान सरकारका कारणे ईतिहासमै मुलुकको राष्ट्यिता गम्भिर संकटमा परेको बताउदै भुसालले राष्ट्यि स्वाधिनताका लागि सुरुङ्ग युद्ध लड्छौ भन्नेहरुलेनै राष्ट्प्रति गद्यारी गरेको आरोप लगाउनुभयो ।