– कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
दु:खै दु:ख मान्दामान्दै गयो जिन्दगानी
घिच्याएर तान्दातान्दै गयो जिन्दगानी
दिल खोली खुसीबाँड्न सकिएन कहिल्यै
सधैँ मुठी बान्दाबान्दै गयो जिन्दगानी
हेरी ल्याउँदा कोही छैन पराई झैँ लाग्ने
सबै आफ्नू ठान्दाठान्दै गयो जिन्दगानी
धेरैजना”मुखमा राम राम बगलीमा छुरा”
सहीमान्छे छान्दाछान्दै गयो जिन्दगानी
समाधान गर्न गाह्रो समस्याको जालो
जबरदस्ती धान्दाधान्दै गयो जिन्दगानी
क्षमा एवम जानकारी: यसभन्दा अगाडि (२०६९ मसिर २३, शनिवार) मितीमा- डिल्लीराज घिमिरे, मैदान 5 अर्घाखाँची हाल – चिलीको नामबाट प्रकासित गजलका लेखक अधिकारिक व्यक्ती नभएकोले सच्चाइएको छ। अर्घाखाँची डट्कम