अर्घाखाँचीमा खुल्ला दिसामुत्त अभियान : खसी बेचर पक्कि चर्पी

– प्रदिप नेपाली 
अर्घाखाँची जिल्लालाई सन् २०१४ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने भन्ने जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीको निर्णय अनुसार “हाम्रो गैरव हाम्रो स्वाभिमानः खुल्ला दिसामुक्त अर्घाखाँची हाम्रो अभियान” भन्ने मूल नाराका साथ अगाडी बढेको  पूर्ण सरसफाइ अभियानलाई पुरा गर्नका लागि इकार्ड्स नेपाल र प्रकाश सचेतन समूह -प्राग, अर्घाखाँचीको सहजिकरणमा जिल्लाका विभिन्न गाविसहरुमा सरसफाइ सम्बन्धी सचेतना तथा अभिमुखिकरण कार्यक्रमहरु भइरहेका छन् ।
यसै क्रममा नुवाकोट, खिल्जी, धातिवांग, पाली, अडगुरी, ढिकुरा, खन, खनदह, बाँगी गाविसमा गाविस स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति र स्थानीय विद्यालयका प्र.अ., शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षा क्षेत्रका सरोकारवालाहरुलाई राष्टिय सरसफाइ गुरुयोजनाबारे जानाकारी, गाविसको सरसफाइ रणनैतिक योजना निर्माण र विद्यालयको अगुवाइमा कसरी सरसफाइ अभियानलाई अगाडी बढाउने भन्ने बारे इकार्ड्स र प्राग अर्घाखाँचीको सहजिकरणमा अभिमुखिकरण गरिएको छ । 
यस अभियान संगै गाउ गाउमा चर्पी बन्नेको लर्कोनै चलेको छ । अर्घाखाँची जिल्लाको पाली गा.वि.स मा    बस्ने ६१ बर्ष सैफी खातुन  , ४५बर्षका कामु निशा, ६८ बर्षका सफौरा खातुनले चर्पी बनाउनको लागी यसै महिना क्रमश ६/६ र १० हजार मुल्यका खसी बेचका  छन । 
यी ३ नै जनाको श्रीमान नभएको र गरिब परिवार भएकोले खसी बेच्नु परेको बताउछन । 
खसी बेचेका यी महिलाको घरमा चर्पी निर्माण सामाग्री आईपुगेको र काम शुरु भएको बताउछन । खसी बेचेर चर्पी निर्माण कार्य उदारणीय भएको र प्रशंशनिय कार्य भएको इकाड्स नेपाल अर्घाखाँचीका कार्यक्रम संयोजक कृष्ण जी।सीले बताए । सबै मानिस धनी नहुने र गरिबको  लागी आगामी दिनमा यस्ता कार्य अरु गाउमा पनि हुनु पर्ने आबश्यक रहेको  प्राग अर्घाखाँचीका सचिव प्रेम नारायण गैरेले बताए । 
 
उनले निर्धारित कार्यक्रम बाहेक समूदायको माग अनुसार विभिन्न चोक, गाउँको केन्द्र भाग र ठाउँ ठाउँहरुमा सरसफाइ सम्बन्धि डकुमेन्ट्री(बृत चित्र)टेलि नाटक, चलचित्रहरु देखाउने गरिएको र त्यसको प्रभावले चर्पी निर्माणमा जनताहरु अझबढि स्वतस्फुर्त रुपमा उत्साहित भएर लागेको  बताए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु