अलकायदाका उपप्रमुख शेख खालिद अमेरिकी मानवरहित विमान आक्रमणमा पाकिस्तानमा मारिए

आतंकवादी संगठन अलकायदाका उपप्रमुख शेख खालिद बिन अबदुर्रहमान अमेरिकी मानवरहित विमान आक्रमणमा मारिएका छन् । अदकायदा प्रमुख आयमन अलद जवाहिरीपछि दोस्रो प्रमुख नेता मानिने शेख खालिद, शेख अबुजैद अल कुवेती नामबाट पनि परिचित थिए ।


पाकिस्तानको उत्तरी बजिरिस्तानस्थित मीरान शाहमा विहिवार भएको ड्रोन आक्रमणमा ४६ वर्षिय शेख खालिद र उनका १० जना सहकर्मी मारिएको बीबीसीले जनाएको छ ।


उनको मृत्युले अलकायदालाई ठूलो धक्का लागेको बताइएको छ ।

 

– एजेन्सी