पाल्पा – विपक्षी दल सम्बद्ध संयुक्त विद्यार्थी संगठनले शान्तिमन्त्री टोपबहादुर रायमाझीलाई पाल्पामा कालो झण्डा देखाएका छन्।
आन्दोलनकारी दशजनालाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा केहिबेर राखेर छाडेको थियो। पाल्पामा आयोजित एक कार्यक्रमका लागि आएका मन्त्रीलाई आइतबार तानसेन बतासे डाँडामा विद्यार्थीले कालोझण्डा देखाएका हुन्।
नेविसंघ, अखिल, अखिल छैठौं र अखिल क्रान्तिकारी (वैद्य पक्ष) का विद्यार्थीले मन्त्री आउने बाटो कुरेर कालो झण्डा देखाएका हुन्। ‘बाबुराम भट्टराइ सरकार राजीनामा देउ, ‘शान्तिमन्त्री मुर्दावाद’ जस्ता नारा लगाएका थिए।
– नागरिक