– प्रेमनारायण आचार्य
ढिकुरा, अर्घाखाँची । अर्घाखाँची ढिकुरा गाविसमा गाउँ स्तरिय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँ स्तरिय अभिमुखीकरण कार्यक्रममा खुल्ला दिसामुक्त गर्ने प्रतिबद्धता ढिकुराबासीको अग्रसरता भन्ने गाविसको नारा पनि तय गर्दै २०७० असार मसान्त सम्म ढिकुरा गाविसलाइ खुल्ला दिसामुक्त गर्ने निर्णय पनि भएको छ ।
पहिलो खुल्ला दिसामुक्त घोषणा गर्ने वाडलाइ ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो लाइ १० हजार पुरस्कार दिने पनि निर्णय गर्दै राजनितिक दलहरुले सरसफाईलाइ छलफलको एजेण्डा बनाउने भएका छन ।
इकार्डस नेपाल र प्रकास सचेतन समुह प्राग अर्घाखाँचीको सहजीकरणमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण इकार्डस नेपालका गोपाल प्रसाद घिमिरे, प्रागका प्रेमनारायण गैरे र सिसेकक र नेस्टका सहज कर्ता प्रेम आचार्यले गरेका हुन ।
अर्घाखाँचीलाइ सन २०१४ भित्र खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम अनुसार सुरु भएको अभिमुखिकरण कार्यक्रम गाउँ स्तरिय खानेपानी तथा स्वच्छता समन्वय समितिका ३५ जनाको सहभागिता रहेको थियो ।
गाउँ स्तरिय खानेपानी तथा स्वच्छता समन्वय समितिका अध्यक्ष भोजराज ताम्राकारको अध्यक्षतामा सम्पन भएको कार्यक्रमको प्रतिबद्धता पत्रमा एमाओबादीका कृष्ण घिमिरे, एमालेका मोती भटराई र राजमोका नारायण भट्टराई, कार्यदलका संयोजक गिरीराज पोख्रेल लगायतले हस्ताक्षर गरेका छन ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।