ईजिप्टमा मुर्सीद्धारा संविधान अनुमोदनका लागि हुने जनमत संग्रहका लागि सुरक्षा व्यवस्था कायम राख्न सेनालाई आदेश

 ईजिप्टका राष्ट्रपति मोहम्मद मुर्सीले संविधान अनुमोदनका लागि हुने जनमत संग्रहका लागि सुरक्षा व्यवस्था कायम राख्न सेनालाई आदेश दिनु भएको छ ।

 

राष्ट्रपति मुर्सीले डिसेम्बर १५ मा हुन जनमत संग्रहका बेला सार्वजनिक संस्थाको रक्षा गर्न सेनालाई आदेश दिनु भएको हो ।

 

मुर्सीको यो आदेश इजिप्ट फेरि सैनिक शासनतर्फ अगाडि बढ्न लागेको आशंका गरिएकै बेला आएको छ । केही दिन अघि मात्र सार्वजनिक संस्थाहरुको सुरक्षा र निर्दोष नागरिकको रक्षाका लागि भन्दै सेना कायरोका सडकमा उत्रिएको थियो । यस लगत्तै त्यहाँ सेना फेरि शक्तिमा आउन लागेको अनुमान गरिएको थियो ।

 

राष्ट्रपतिको अधिकार बढाउने सम्बन्धी अध्यादेशविरुद्ध दुई सातादेखि लगातार प्रदर्शन भएपछि राष्ट्रपति मुर्सीले अध्यादेश खारेज गरि विपक्षीलाई शान्त बनाउने प्रयास गर्नु भएको थियो ।

 

तर विपक्षीहरुले भने राष्ट्रपतिको आह्वान अस्वीकार गर्दै प्रदर्शन जारी राख्ने बताएका छन् भने राष्ट्रपतिका समर्थक इस्लामिक समुहले भने प्रदर्शनको प्रतिकार गर्ने जनाइसकेका छन् ।

 

– Agencies