आफूले तत्काल राजीनामा नदिने प्रधानमन्त्री भट्टराईको प्रष्ट

तनहुँ – प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले तत्काल राजीनामा नदिने प्रष्ट पारेका छन् । उनले आफ्नो राजीनामा भन्दा दलहरुबीचको सहमति प्रमुख भएको जिकिर गरे ।


गोरखाको ताकुकोट-५ स्थित सूर्यज्योति उच्च माविको स्वर्ण महोत्सवलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीले सहमतिको लागि आफू बाधक नबन्ने दोहोर्‍याए । उनले दलहरुलाई सहमतिको लागि आव्हानसमेत गरे ।


‘सहमतिको लागि म बाधन बन्दिनँ,’ प्रधानमन्त्रीले भने,’ बिकल्पबिना राजीनामा दिन्नँ ।’ उनले बिकल्पबिनाको सहमतिले मुलुकलाई झन् पछाडि धकेल्ने दाबी गर्दै आफ्नो कार्यकालमा सुशासनले बढावा पाएको सुनाए ।

 

आफूले शून्य सहनशिलताको अवधारणा लिएर सकारात्मक कार्य प्रणालीको थालनी गरेको उनको दाबी थियो ।

 

– RSS