पूर्व अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख डोमेनिक स्ट्रस कान र उनीमाथि यौन दुब्र्यबहारको आरोप लगाउने महिलाबीच सम्झौता

स्ट्रस कान र युवतीबीच सम्झौतायौनकाण्डमा मुछिएका अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख डोमेनिक स्ट्रस कान र उनीमाथि यौन दुब्र्यबहारको आरोप लगाउने महिलाबीच सम्झौता भएको छ ।

 

अमेरिकाको न्युयोर्कका एक न्यायाधीशले उनीहरुबीच सम्झौता भएको जानकारी दिएका हुन् । सन् २०११ को मे मा होटलका एक महिला कर्मचारीमाथि यौन दुब्र्यबहार गरेको आरोप स्ट्रसमाथि लागेपछि उनलाई तत्काल गिरफ्तार गरेको थियो ।

 

जसका कारण उनले अन्तर्राष्ट्रिय मुद्रा कोषको अध्यक्ष पदसमेत त्याग्नु परेको थियो । स्ट्रस फ्रान्सको राष्ट्रपति पदको उम्मेदवारसमेत बन्ने सम्भावना प्रवल रहेको बेला उनी गिरफ्तारीमा परेका थिए ।

 

– Agencies