मालीका अन्तरिम प्रधानमन्त्री चेक मोडिबो डायराले सेनाले पक्राउ परेको केही समयपछि राजीनाको घोषणा गरेका छन् ।
उनी फ्रान्स जाने तयारीमा रहेको बताइएको छ ।
पक्राउ परेपछि सरकारी टेलिभिजनमा बोल्दै डायराले शान्ति र मुलुकको भविष्यका लागि आफ्नो सम्पूर्ण टोलीसहित राजीनामा दिएको घोषणा गरेका छन् ।
गत मार्चमा सेनाले गरेको कू मा उनलाई पक्राउ गर्ने सेनाको संलग्नता रहेको बताइएको छ । सैनिक कू गर्ने नेता क्याप्टेन अमाडोउ सानोगोको आदेशमा डायरालाई राजधानी बामाकोस्थित उनकै निवासको ढोका फोरी पक्रेको बताइएको छ । उनलाई पक्रने सेनाले डायराले मुलुकलाई समस्यमा छाडी बाहिर जान लागेको बताएका छन् ।
मालीमा सैनिक कू को नेतृत्व गर्ने सेना र नागरिक प्रधानमन्त्रीबीच शक्ति संघर्ष चलिरहेको छ ।
– Agencies