अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध संचालक रामचन्द्र सिलवालसहित आठ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले सिलवाल हित तत्कालिन प्रशासन विभाग आर्थिक नियन्त्रण विभागका विभागिय प्रमूख अर्जुन विलास पन्त, प्रशासन विभागका उपनिर्देशक मनोहर लामिछाने, शैक्षिक सामग्री विभागका उद्धवप्रसाद गौतम, उपप्रवन्धक तिल वहादुर अधिकारी, कपिलदेव पोखरेल, उप निर्देशक वालमुकुन्द खनाल, प्रवन्धक गिरिराज रजौरे विरुद्ध मुद्धा दायर गरेको हो ।
अख्तियारले पदमा रहँदा १ करोड ७४ लाख २८ हजार ७ सय ६९ रुपैयाँ ३६ पैसा गैरकानुनी रुपमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै कारवाही गर्न माग गरेको छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार १० बर्ष सम्म कैद, विगो वमोजिमको जरिवाना गराउन माग गरिएको विशेष अदालतका रजिष्टार धिरवहादुर चन्दले जानकारी दिनुभयो ।