– उमाकान्त पाण्डे गाउंले / बसन्त खड्का
अर्घाखाँची/सन्धिखर्क – अर्घाखाँचीमा कृयाशिल साना ४ दलले राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका छन । नरपानीको चुनढुङा उत्खनन् कार्य तत्काल रोक्न माग गर्दै उनीहरुले माग पत्र राष्ट्रपतिलाई बुझाएका हुन ।
अर्घाखाँचीको पोखराथोक स्थित हरिहर संस्कृत तथा साधारण उमाविको हीरक महोत्सव कार्यक्रममा सहभागी हुन आएका राष्ट्रपति डा. रामवरण यादबलाई उनीहरुले ज्ञापन पत्र बुझाएका हुन ।
अर्घाखाँचीमा कृयाशिल राष्ट्रिय जनमोर्चा, नेकपा माओवादि, एकीकृत क्रान्तिकारि र राष्ट्रिय जनशत्ती पार्टी द्वारा सम्युत्त रुपमा राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका हुन । जील्लाको सबै भन्दा महत्वपूर्ण बिषयमा ठुला दलहरु मौन हुनु र दलिय भागवन्डामा अगाडि बडेको भन्दै आफुहरुको माग सिधै राष्ट्रपति समक्ष पेस गरेको रास्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव तथा पुर्व सभासद शन्त बहादुर नेपालीले अर्घाखाँची डट्कम् सग भने ।
नरपानीको चुनढुगां उत्खनन गर्दा जील्लाको समग्र वातवरणमै असर पर्ने भन्दै त्यहाका स्थानिय जनताले गरेको आन्दोलन प्रती ठुला भनाउदा दलहरु मौन बसेर एक तर्फी रुपमा निर्णय गर्नु आपत्ति जनक भएको भन्दै जनताको मागलाई तत्काल सम्बोधन गर्न ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।
ज्ञापनपत्रमा राष्ट्रिय जनमोर्चाका सागर केसी, नेकपा माओवादिका भुवन घीमीरे,एकीकृतबाट डिलाराम पन्थी र जनशत्ती पार्टीबाट देवराज घीमीरेले हस्ताक्षर गरेका छन ।
एक बर्ष देखि जनताले रोक्का गरेको चुनढुङ्गा उत्खनन कम्पनीले सुरु गरेको भन्दै अर्घाखाँची नरपानीका स्थानिय बासिन्दाहरु यो चिसो मौसममा समेत धर्नामा बसेको प्रती सजग गराउदै स्थानिय जनताको मागलाई तत्काल सुनुवाई गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ । स्थानियको मागलाई वेवास्ता गरिए आफुहरु चरणबद्द आन्दोलनमा उत्रिने ती दलको भनाइ छ । हामीहरुले सधैं जनताको प्रत्यक्ष बिषयलाई उठाउदै आएका छौ, अब पनि सबैले समयमा नसोचे नरपानीमा ठुलो दुर्घटना आउन सक्छ”,ज्ञापन पत्रमा भनिएको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।