पूर्वी चिनियां सागर स्थित टापुको स्वामित्वलाई लिएर जापान र चीनवीच फेरि तनाव बढेको छ । पुर्वी चिनियां सागरमा चीनले पानी जहाज र विमान पठाएपछि जापानले पनि लडाकु विमानबाट गस्ति शुरु गरेको छ ।
यस घटनाबारे प्रतिक्रिया दिदै जापानले चिनियां जहाजले आफनो हवाई क्षेत्रको उल्लंघन गरेको आरोप लगाएको छ । जापानी विदेश मन्त्रालयका प्रबक्ताले चिनियां जहाज विवादास्पद क्षेत्रमा देखिएपछि आफ्नो देशले एफ फिप्टिन लडाकु विमान परिचालन गरेको जानकारी दिएका छन् ।
सो टापु आसपासको समुन्द्रमा प्रचर मात्रामा माछा पाईने र खनिज तेलको ठूलो भण्डार रहेको मानिएको छ । सो क्षेत्रमा चीन, जापान र ताईवानले आफ्नो स्वामित्व दावी गर्दै आएका छन् ।
– Agencies